कला–साहित्य

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
निकासखबर संवाददाता

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् । फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले बताए । उनका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ । भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको…

दिलु पन्तको तातो गोली सार्वजनिक
निकासखबर संवाददाता

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तको शब्द रचनामा तातो गोली गीत सार्वजनिक भएको छ । युट्युब च्यानल मार्फत् सार्वजनिक भएको उक्त गीत गणतन्त्र दिवसको अवसर पारेर हिजो सार्वजनिक गरिएको बताइएको छ । गायक शिशिर योगीको स्वर, संगीतकार बीबी अनुरागीको सङ्गीतमा नेतृ दिलकुमारी पन्तको शब्द रचनामा तातो गोली नामक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो । गीतबारे रचनाकार पन्तले सामाजिक सञ्जालमा लेखेका छन् : ’२०६२–०६३ मा भएको जनआन्दोलनकै मैदानमा लेखिएको उक्त गीतलाई अहिले सार्वजनिक गरिएको हो । जतिबेला शहीद भीमसेन दाहालको छातीमा गोली लागि मेरै आँखा अगाडि ढल्नु भएको थियो अनि आफैंलाई स्पर्श गरि वारपार हुने गरी टियर…

भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे । कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुन्छ भने । त्यसैगरी कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले…

कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण
निकासखबर संवाददाता

काठमाडौं । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् । लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने “त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।” प्रमुख अतिथिलाई राई जातिको फेटासमेत गुथाईदिएपछि भावकु हुँदै कुलपति भूपाल राईले भने “अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो समुदायले…

नेपाल प्रज्ञा प्रतिष्ठानकाे पाँच बुँदे रारा घोषणापत्र जारी
निकासखबर संवाददाता

मुगु  ।  नेपाल प्रज्ञा प्रतिष्ठानले पाँच बुँदे रारा घोषणापत्र जारी गरेकाे छ ।  रैथाने संस्कृति र  प्राकृतिक सौन्दर्यको  अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले रारा ताल पुगेको नेपाल प्रज्ञा- प्रतिष्ठान,प्राज्ञ परिषद्काे बैठकले पाँचबुँदे रारा घाेषणा पत्र जारी गरेकाे हाे । “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान ” भन्ने मूल नाराका साथ रारा तालको किनारामा  नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को बैठकले रारा घाेषणापत्र जारी गर्दै परिसद्ले ” ५ बुँदे रारा घोषणापत्र “नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च  प्राज्ञिक खोज -अनुसन्धानकालागि एक कोसेढुङ्गा साबित हुने बताइएकाे छ । कुलपति भूपाल राईको अध्यक्षतामा रारामा प्राज्ञ परिषद्को ऐतिहासिक बैठक  सम्पन्न भएकाे हाे ।  बैठकले मङ्गलवार निम्न अनुसार ५ बुँदे  रारा  घोषणापत्र-२०८०साल,बैशाख १८ ,जारी…