नेपाल प्रज्ञा प्रतिष्ठानकाे पाँच बुँदे रारा घोषणापत्र जारी

निकासखबर संवाददाता

मुगु  ।  नेपाल प्रज्ञा प्रतिष्ठानले पाँच बुँदे रारा घोषणापत्र जारी गरेकाे छ ।  रैथाने संस्कृति र  प्राकृतिक सौन्दर्यको  अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले रारा ताल पुगेको नेपाल प्रज्ञा- प्रतिष्ठान,प्राज्ञ परिषद्काे बैठकले पाँचबुँदे रारा घाेषणा पत्र जारी गरेकाे हाे ।

“सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान ” भन्ने मूल नाराका साथ रारा तालको किनारामा  नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को बैठकले रारा घाेषणापत्र जारी गर्दै परिसद्ले ” ५ बुँदे रारा घोषणापत्र “नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च  प्राज्ञिक खोज -अनुसन्धानकालागि एक कोसेढुङ्गा साबित हुने बताइएकाे छ ।

कुलपति भूपाल राईको अध्यक्षतामा रारामा प्राज्ञ परिषद्को ऐतिहासिक बैठक  सम्पन्न भएकाे हाे ।  बैठकले मङ्गलवार निम्न अनुसार ५ बुँदे  रारा  घोषणापत्र-२०८०साल,बैशाख १८ ,जारी गरेको  छ।

१) नेपालको भाषिक र सांस्कृतिक विविधतालाई आत्मैदेखि स्वीकार गर्दै नेपाल प्रज्ञा -प्रतिष्ठानलाई सबैको साझा थलो बनाइनेछ।
२) सङ्घीय गणतन्त्र नेपालको मूल्य र मान्यतालाई आत्मसात् गर्दै परिवर्तनको सौन्दर्यलाई स्थापित गरिने छ ।
३) प्राज्ञ र प्राज्ञिक कर्मको जग उच्च नैतिकता, स्वच्छ संस्कार र छविको हुने हुनाले सोही अनुसारको कर्मलाई अनुसरण गरिने छ / गराइने छ ।
४) ज्ञानका बहुविध क्षेत्र र स्रोतहरूका बहस,अध्ययन, अनुसन्धान र अभ्यासहरूलाई बढी जोड दिइनेछ ।
५) आजको युगमा प्रश्न जुनसुकै क्षेत्र, तहतप्कामा आवश्यक छ । प्रश्न नै समाज रूपान्तरणको पहिलो आधार हो । त्यसैले प्रश्न आफैँसँग पनि गरिने छ । प्रश्नसँग सँगै काम  गरिनेछ ।
उपर्युक्त” ५ बुँदे रारा घोषणापत्र “नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च  प्राज्ञिक खोज -अनुसन्धानका लागि एक कोसेढुङ्गा साबित हुनेमा आफू आश्वस्त रहेको कुरा   प्रतिष्ठानका  कुलपति भूपाल राईले बताए ।

मा प्रकाशित