कला–साहित्य

पल शाहको गाडी बेवारिसे अवस्थामा अनामनगरमा भेटीयो
निकासखबर संवाददाता

काठमाडौं । अभिनेता पल चढ्ने गरेको गाडी राजधानीको अनामनगरमा फेला परेको छ । उनी चढ्ने गरेको टाटाको नेक्सन गाडी अनामनगरमा बेवारिसे अवस्थामा फेला परेको हो । शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बतारहेको अवस्थामा उनको गाडी बेवारीसे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गरे । शाहविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ ।

राजु लामाले ल्याए गीत ‘चिसो चिसो’
निकासखबर संवाददाता

काठमाडौं | लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्टका गायक राजु लामाको नयाँ रोमान्टिक गीत ‘चिसो चिसो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । लामो समयपछि गायक राजु लामाले रोमान्टिक शैलीको गीत ल्याएका हुन् । निरोज लामाको संगीत तथा बिर्खा गुरुङको शब्द गीतमा छ । गीतको म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रियारानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय छ । सियोन श्रेष्ठको कोरीयोग्राफी, रुपेश थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रुपेश थापाले नै निर्देशन गरेका हुन् । म्युजिक भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनले बाहिर ल्याएको हो ।

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने
निकासखबर संवाददाता

काठमाडौं | इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि एलओडीमा…

विकास र विना अभिनित ‘एकै नजरमा’ सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं | एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भाव समेटिएको गीत ‘एकै नजरमा’ सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वर र बिष्णु बाबु देवकोटाको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा विकास लामिछाने र  विना राउतको रोमान्टिक मुडमा देख्न सकिन्छ । कालिन्चोकमा छायाँकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ । भिडियो निर्देशक केशव राज भट्टले गरेका हुन् ।

सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन
निकासखबर संवाददाता

काठमाडौं | नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ भदौमा एकाउक लडेका उनलाई परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको उपचारमा संलग्न डा. रोहन झाले बताए । मुटु, फोक्सो, महुमेह र उच्च रत्तचापलगायतका दीर्घरोगबाट पीडित टुहुरेको शल्यक्रिया हुन सकेन । दोस्रो संविधानसभा सदस्य समेत रहेका जनगायक टुहुरेको…