विष्णु माझीको तीज गीत ‘बलमा’

काठमाडौं, २० भदौ २०८० ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा सार्वजनिक भईरहका छ्न । यसैक्रममा मीठो स्वरकी धनी विष्णु माझीको गीत बुधबार सार्वजानिक भएको छ ।

माझीको गीत विना तीज खल्लो लाग्न सक्छ । धेरै महिला दिदी बहिनी साथै दर्शक श्रोता उनको गीतको पर्खाइमा हुन्छन् । यसपाली पनि उनको स्वर समावेश तीज गीत बलमा (पुतलीको भट्टी १९) बुधबार साँझ युट्युबमा सार्वजनिक भएको छ ।

सुन्दरमणि अधिकारीको शब्द र संगित रहेको यस गीत सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

मा प्रकाशित