जनक ताम्राकारकाे नयाँ गीत ‘पियार’ सार्वजानीक

निकासखबर संवाददाता

काठमाडौं । गायक तथा सञ्चारकर्मी जनक ताम्राकार र गायिका निखिता थापाको युगाल गायनमा रहेको ‘पियार’ बोलको गीतको अफिसिएल म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो।

प्रेमिल शैलीको यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा युवतीको सुन्दरता र प्रेमको बयान गरिएको छ ।

म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको मुख्य भूमिका रहेको छ । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

करिव ३ वर्ष अघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भैसकेको छ । सञ्चारकर्मबाट गायनमा आएका गायक ताम्राकार केही समय देखी गायनमा व्यस्त रहेका छन् । उनका यसअघि पहिलो गीत जुनकीरी निकै चर्चामा रहेको थियो । त्यस पछि उनका ‘काफल कमला’, ‘साइब’, ‘लाउँदिन’ ‘साईय्य’ ‘सम्झनाकी खोली’ ‘माया हो’ लगायतका म्युजिक भिडियोहरु दर्शक स्रोता माझ लोकप्रिय रहेका छन् । यस गीतको निर्माण टिमले सबै दर्शक स्रोतालाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

मा प्रकाशित