समिक्षाको ‘म मर्छु तिमी बिना’ सार्वजनिक

निकासखबर संवाददाता

काठमाडौं, १७ असार । गायिका समिक्षा अधिकारीको स्वरमा सजित ‘म मर्छु तिमी बिना’ सार्वजनिक भएको छ । शब्द, संगीत तथा भिडियो निर्देशनसमेत अशोक बिकको रहेको यस गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

२१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

गत बिहीबार युटुव च्यानलमार्फत गीत सार्वजनिक गरिएपछि दर्शक श्रोताहरुबाट राम्राे प्रतिक्रिया पाइरहेकाे निर्देशक बिकको भनाई छ ।

गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन तथा पदम सुबेदीको सम्पादन रहेको छ । गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साललगायतको अभिनय देख्न सकिन्छ ।

मा प्रकाशित