३१ वर्षे अभिनेता ताम्राकारले गरे आत्महत्या

निकासखबर संवाददाता

काठमाडौँ, २२ असार । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा घाटीमा पासो लगाएर झुण्डिएर आत्महत्या गरेका हुन् । बुबा आमासँगै बस्दै आएका उनले घरमा कोही नभएका बेला झुन्डिएर आत्महत्या गरेका हुन् । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् ।

बाबु र आमा साँझ कुनै पार्टीमा गएका बेला सारुकले आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी दिएका छन् ।

हाल छायांकनरत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत ३१ वर्षीय सारुक बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । उनले केही म्युजिक भिडियाेहरूमा समेत अभिनय गरेका छन् । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्महरुमा अभिनय गरेका सारूक फिल्म ‘ह्यासट्याग माया’ मा मुख्य भूमिकामा देखिँदै थिए । उक्त फिल्मको ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको निर्माण टिमले जनाएको छ ।

 

मा प्रकाशित