बल्छी ध्रुवे र राजु मास्टरसहित आठ जना पक्राउ

निकासखबर संवाददाता

काठमाडौँ, ३२ जेठ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुवे’को भूमिका निर्वाह गरेर चर्चामा आएका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) तथा राजु पौडेल (राजु मास्टर) सहित प्रहरीले प्रहरीले पाँच जना कलाकार र तीन जना युट्यबर पक्राउ गरेको हो ।

अन्य पक्राउ पर्नेहरुमा भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे रहेको छन् । त्यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई काठमाडांैको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको प्रहरीको आरोप छ । पक्राउ पर्ने कलाकारहरु एकै टिममा आबद्ध भएको बताइएको छ । प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को ९क०मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा ९ख०मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

मा प्रकाशित