विविध खबर
उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्छ : प्रभु साह
निकासखबर संवाददातारौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बारा २ मा हुने उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्ने बताएका छन् । पार्टीको ईशनाथ नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सधैं मधेशी जनतालाई ठग्दै आएकाहरुलाई पराजित गर्नुपर्ने बताएका हुन् । जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पनि पराजित गर्नेछन् ।’ भ्रष्ट तथा मधेसी विरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नु सरह भएको उनले उल्लेख गरे ।
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
निकासखबर संवाददातासुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२,…
मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्छः मन्त्री शर्मा
निकासखबर संवाददातालुम्बिनी । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उहाँले सन्चार क्षेत्रमा समावेशिताको अभ्यास बढाउनुपर्ने बताएकी हुन् । सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, लिंग, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी मिडिया क्षेत्रसँग सम्बन्धित निकाय र मिडियाबाट प्रकाशन प्रसारण हुने सामग्रीमा समावेशिताको स्वरुप झल्किनु आवश्यक रहेको उनले बताइन् । यतिबेला नेपाल विविधखाले संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई जनताको जीवनसँग जोड्ने अभियानमा रहेको उल्लेख गर्दै उनले…
सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन् । शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु।’ सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे।
साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय पक्राउ
निकासखबर संवाददाताकाठमाडौं । भारतको दिल्ली लैजान लागेको साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय पक्राउ परेका छन् । उनीहरूलाई लागू औषध नियन्त्रण व्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको व्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लागेको लागू औषधसहित एक जना र अर्का ठमेलस्थित एक होटलबाट पक्राउ परेका थिए ।

