विविध खबर

बेसबल तथा सफ्टबल संघको तदर्थ समितिमा न्यौपाने
निकासखबर संवाददाता

काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघ तदर्थ समितिको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी तदर्थ समिति गठन भएकाे हाे । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवस्तरीय निर्णयअनुसार १९ सदस्यीय समिति गठन गरिएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । परिषदले तदर्थ समितिले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी गठन गरिएको जनाएको छ ।

मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ
निकासखबर संवाददाता

विराटनगर । मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाकाे ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिने ५२ जना र झोराहाट, केराबारी र हरैचाबाट गरी ११६ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिदै गरेको ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।  घटनास्थलमा प्रहरी र शिक्षा विकास…

सरकार दौडिन छाडेर तुना बानेर बस्यो : गगन थापा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताएका हुन् । ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर, सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्छ।’ यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको आराेप…

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
निकासखबर संवाददाता

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मन्त्रीपरिषद्बाट निर्णय भएकाले अब रङ्गशालाको काम अघि बढ्ने बताइन् । फाउण्डेशनले उधारोमा काम नगरेको भए यस अघि नै प्रक्रिया अघि बढ्ने बताउँदै उनले भनिन्, “ठूलो रकम तीर्नुपर्ने बाँकी देखिएकाले प्रक्रिया मिलाउन समय लागेको हो । अब काम अघि…

उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्छ : प्रभु साह
निकासखबर संवाददाता

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बारा २ मा हुने उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्ने बताएका छन् । पार्टीको ईशनाथ नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सधैं मधेशी जनतालाई ठग्दै आएकाहरुलाई पराजित गर्नुपर्ने बताएका हुन् । जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पनि पराजित गर्नेछन् ।’ भ्रष्ट तथा मधेसी विरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नु सरह भएको उनले उल्लेख गरे ।