विविध खबर
हिमाली जिल्ला मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति
निकासखबर संवाददातामुगु । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानिय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको बिशेष सहयोगमा उक्त शिबिरहरु आयोजना गरिएको हो । उक्त दुईवटा आँखा शिविर मार्फत १ हजार १ सय १८ जना बिरामीहरुको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविर मार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरु समेत लाभान्वित भएका छन् ।…
बेसबल तथा सफ्टबल संघको तदर्थ समितिमा न्यौपाने
निकासखबर संवाददाताकाठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघ तदर्थ समितिको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी तदर्थ समिति गठन भएकाे हाे । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवस्तरीय निर्णयअनुसार १९ सदस्यीय समिति गठन गरिएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । परिषदले तदर्थ समितिले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी गठन गरिएको जनाएको छ ।
मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ
निकासखबर संवाददाताविराटनगर । मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाकाे ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिने ५२ जना र झोराहाट, केराबारी र हरैचाबाट गरी ११६ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिदै गरेको ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । घटनास्थलमा प्रहरी र शिक्षा विकास…
सरकार दौडिन छाडेर तुना बानेर बस्यो : गगन थापा
निकासखबर संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताएका हुन् । ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर, सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्यो भन्ने महसुस गराउन सक्नुपर्छ।’ यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको आराेप…
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
निकासखबर संवाददाताचितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मन्त्रीपरिषद्बाट निर्णय भएकाले अब रङ्गशालाको काम अघि बढ्ने बताइन् । फाउण्डेशनले उधारोमा काम नगरेको भए यस अघि नै प्रक्रिया अघि बढ्ने बताउँदै उनले भनिन्, “ठूलो रकम तीर्नुपर्ने बाँकी देखिएकाले प्रक्रिया मिलाउन समय लागेको हो । अब काम अघि…

