बेसबल तथा सफ्टबल संघको तदर्थ समितिमा न्यौपाने

निकासखबर संवाददाता

काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघ तदर्थ समितिको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी तदर्थ समिति गठन भएकाे हाे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवस्तरीय निर्णयअनुसार १९ सदस्यीय समिति गठन गरिएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

परिषदले तदर्थ समितिले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी गठन गरिएको जनाएको छ ।

मा प्रकाशित