विविध खबर

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
निकासखबर संवाददाता

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।…

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना रिहा भएका छन् । गत चैत ७ गते प्रधानमन्त्रीविरुद्ध नारा लगाएको आरोपमा पक्राउ परेका उनीहरू धरौटीमा रिहा भएका हुन् । उनीहरू जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर आज मंगलबार रिहा भएका हुन् । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। ७ चैतमा काठमाडौँको बानेश्वरबाट प्रचण्डबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा ३ जनाले…

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । सरकार विस्तारको विषयमा उनीहरुबीच महत्वपूर्ण छलफल भएको प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उहाँनीरुबीच भेट भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी भएका थिए ।

सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी
निकासखबर संवाददाता

काठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिएका हुन् । हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ । मागअनुसार चालक अनुमतिपत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उनको भनाइ छ । अहिले दैनिक छ हजार चालक अनुमतिपत्रको माग छ । तर दैनिक चार हजार अनुमतिपत्र मात्र छपाइ हुँदै आएको छ । अझै आठ लाख अनुमतिपत्र छाप्न…

गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार
निकासखबर संवाददाता

काठमाडौं । पर्सामा गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्ने मधेशी आयोगले गृहमन्त्रालयलाई पत्रचार गरेको छ । आयोगले पर्साको विरगंज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको हो । हिन्दु परिषद् नेपालका केन्द्रिय सदस्य अरुण झाले संचालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक संजाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्नको लागि उजुरी दर्ता गराएका थिए । सो उजुरी प्राप्त भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार गरेको आयोगले जनाएको छ । आयोगका…