प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो ।

सरकार विस्तारको विषयमा उनीहरुबीच महत्वपूर्ण छलफल भएको प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उहाँनीरुबीच भेट भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी भएका थिए ।

मा प्रकाशित