प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा

निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना रिहा भएका छन् । गत चैत ७ गते प्रधानमन्त्रीविरुद्ध नारा लगाएको आरोपमा पक्राउ परेका उनीहरू धरौटीमा रिहा भएका हुन् ।

उनीहरू जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर आज मंगलबार रिहा भएका हुन् । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

७ चैतमा काठमाडौँको बानेश्वरबाट प्रचण्डबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा ३ जनाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

मा प्रकाशित