साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय पक्राउ

निकासखबर संवाददाता

 

काठमाडौं । भारतको दिल्ली लैजान लागेको साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय पक्राउ परेका छन् । उनीहरूलाई लागू औषध नियन्त्रण व्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको व्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लागेको लागू औषधसहित एक जना र अर्का ठमेलस्थित एक होटलबाट पक्राउ परेका थिए ।

मा प्रकाशित