उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्छ : प्रभु साह

निकासखबर संवाददाता

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बारा २ मा हुने उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्ने बताएका छन् । पार्टीको ईशनाथ नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सधैं मधेशी जनतालाई ठग्दै आएकाहरुलाई पराजित गर्नुपर्ने बताएका हुन् ।

जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पनि पराजित गर्नेछन् ।’ भ्रष्ट तथा मधेसी विरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नु सरह भएको उनले उल्लेख गरे ।

मा प्रकाशित