खबर
विराटनगरमा भएकाे दाेहाेराे झडपमा ३० जनाभन्दा धेरै घाइते
निकासखबर संवाददाताविराटनगर । पहिचानवादी र सुरक्षाकर्मीबीच आइतबार कोसी प्रदेशसभा सचिवालयनजिकै झडप हुँदा विराटनगर रणभूमि बनेको छ । कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् । दिउँसो २ बजेका लागि बोलाइएको बजेट अधिवेशन अवरोध गर्ने गरी प्रदर्शनकारीले प्रदेशसभा भवनको सय मिटरपूर्व देवकोटा चोकमा प्रदर्शन गरेपछि झडप भएको हो । त्यसक्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ३० जनाभन्दा धेरै घाइते भएका छन् । बिहानैदेखि प्रदेशसभा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच आन्दोलनकारीले देवकोटा चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन थालेका थिए । ढुंगामुढा गर्दैै आन्दोलनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास, पानीको फोहरा र हवाई फायर गरेको थियो । प्रारम्भिक रूपमा आएको…
प्रमाणित गर म एक मिनेट पनि पदमा बस्दिनँः मन्त्री किराती
निकासखबर संवाददाताकाठमाडौं । पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई वैधता दिएको भनेर गरिएको प्रचार झुटो भएको मन्त्री सुदन किराँतीले दाबी गरेका छन् । उनले यसलाई प्रमाणित गर्न चुनौती दिँदै आरोप सही सावित भए एक मिनेट पनि पतमा नबस्ने प्रष्ट पारेका छन् । आइतबार प्रकाशित एक अखबारले पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई मन्त्री सुदन किराँतीले वैधता दिएको समाचार प्रकाशित गरेपछि उनले त्यसबारे मुख खोल्दै यस्तो बताएका हुन् । आफूले ‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको’ मन्त्री किराँतीको भनाइ छ । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । प्रमाणित गर…
विराटनगरमा नामकरणको विरोधमा उत्रेका १३ जना पक्राउ
निकासखबर संवाददाताविराटनगर । विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधा उत्रेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको देवकोटा चोकबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ । उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका…
इच्छुक स्मृतिमा दश जना पत्रकार सम्मानित
निकासखबर संवाददाताकाठमाडौं । २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा दश जना पत्रकार सम्मानित भएका छन् । प्रेस सेन्टरको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा सबै प्रदेशबाट एक–एक जना क्रियाशील पत्रकारलाई सम्मान गरिएको हो । कोशी प्रदेशबाट आचार्य, मधेश प्रदेशबाट आशिष विक, बागमती प्रदेशबाट संगीता डेम्जोङ, गण्डकीबाट सविना प्रजा, लुम्बिनीबाट कमल रायमाझी, कर्णालीबाट पंखबहादुर शाही, सुदूरपश्चिमबाट तेजराज भट्ट सम्मानित भएका छन् । उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठानबाट नरेश ज्ञवाली, एशोसियटबाट विजय आवाज सुवेदीलाई सम्मान गरिएको छ । उनीहरुलाई जनही ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो । सर्वोत्कृष्ट प्रदेशको रुपमा उपत्यका…
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे दुवै देशले आज औपचारिक जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा विज्ञप्ति जारी गरेर यही जेठ १७ गतेदेखि प्रधानमन्त्री प्रचण्डको भ्रमण हुने जानकारी गराएका हुन् । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा प्रधानमन्त्री ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मे ३१ तारिखमा भारतको औपचारिक भ्रमणमा जाने उल्लेख छ । चार दिने भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, र उपराष्ट्रपति जगदीप धनखरसँग भेट्ने कार्यतालिका छ । जेठ १८ गते समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने…