इच्छुक स्मृतिमा दश जना पत्रकार सम्मानित

निकासखबर संवाददाता

काठमाडौं । २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा दश जना पत्रकार सम्मानित भएका छन् । प्रेस सेन्टरको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा सबै प्रदेशबाट एक–एक जना क्रियाशील पत्रकारलाई सम्मान गरिएको हो ।

कोशी प्रदेशबाट आचार्य, मधेश प्रदेशबाट आशिष विक, बागमती प्रदेशबाट संगीता डेम्जोङ, गण्डकीबाट सविना प्रजा, लुम्बिनीबाट कमल रायमाझी, कर्णालीबाट पंखबहादुर शाही, सुदूरपश्चिमबाट तेजराज भट्ट सम्मानित भएका छन् ।

उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठानबाट नरेश ज्ञवाली, एशोसियटबाट विजय आवाज सुवेदीलाई सम्मान गरिएको छ । उनीहरुलाई जनही ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो ।

सर्वोत्कृष्ट प्रदेशको रुपमा उपत्यका प्रदेश समिति तथा जिल्लाहरुमा सुनसरी, मकवानपुर र बाँकेलाई सम्मानपत्रसहित सम्मान गरिएको छ । पुरस्कार छनोट समितिमा वरिष्ठ उपाध्यक्ष कमल गिरी संयोजकत्व तथा सदस्यहरुमा लेखनाथ न्यौपाने र गंगा बराल रहेका थिए ।

मेची–महाकाली साइकल यात्रा गरेकी प्रेस सेन्टरकी केन्द्रीय सदस्य रिता बुढाथोकीलाई कदरपत्र प्रदान गरिएको छ ।

जनयुद्धकालमा शंखरापुर क्षेत्रबाट शहादत प्राप्त गरेका किरण दंगाल र वेपत्ता पारिएका ध्रुव दंगाल, देवराज दंगाल, आइत तामाङको परिवारलाई पनि सम्मान गरिएको छ ।

मा प्रकाशित