खबर

तनहुँको दमौली आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
निकासखबर संवाददाता

काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । एउटा हार्डवेयर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरी, स्थानीयले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

जनकपुरमा गोली चल्दा एक जना घाइते
निकासखबर संवाददाता

जनकपुर । जनकपुरमा शनिबार मध्य राती गोली चल्दा एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिए। मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५–७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएकोरायको भनाइ छ । साथीहरू एकआपसमा कुरा गरीरहेको अवस्थामा एक्कासी कुरा नमिलेपछि एक जनाले गोली चलाएको र उनको चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको…

माओवादी केन्द्रीय कमिटी बैठक आज ११ वजे बस्ने
निकासखबर संवाददाता

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ । गत शुक्रबारर देखि सुरु भएको बैठक बिहान ११ बजे बस्न भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।  

एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने थापाको चेतावनी
निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने चेतावनी दिएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले शनिबार यस्तो बताएका हुन् । उनले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने र एमालेले अवरोध गरीराख्ने हो भने अव संसद विघटन भएर देश अर्ली ईलेक्सनमा जाने बताए । कम्युनिस्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउँदै उनले कम्युनिस्टहरू असफल भएकै कारण कांग्रेसको हातमा सत्ता आएको बताएका थिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने भन्दै थापाले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी समेत गरे ।

जन्म दिनमा भोकालाई भोजन
निकासखबर संवाददाता

काठमाडौं । युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बस्नेतले आफ्नो जन्म दिनमा उदाहरणिय काम गरेका छन् । आफ्नो जन्म दिनमा उनले फजुल खर्च गनु भन्दा पनि गरिवलाई खाना खुवाएर जन्म दिन मनाए पसण्य कमाइने भन्दै ७० जनालाई खाना खुवाखुवाएर जन्मदिन मनाएका हुन् । जय माहाकाल युवा समुहको समन्वयमा भोकले छटपटाइरहेका गरिवहरुलाई काठमाडौंको नयाँ बसपार्क स्थित विजीमहल अगाडि जम्मा गरेर भोजन गराएको उनको भनाइ छ । सामाजिक सेवामा निरन्तर लाग्दै आएका बस्नेतले आफ्नो जन्म दिनको अवरसमा भोकको पिडामा परेकाहरुलाई खाना खुवाएर आत्म सन्तुष्टि गराएको बताएका छन् । जन्म दिनका नाममा अनावश्यक फजुल खर्च गर्दै आएको हाम्रो समाजमा सन्तोष जस्ता युवाहरु कमै रहेका…