खबर

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रविसंघको मशाल जुलुस
निकासखबर संवाददाता

काठमाडौं । राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा मशाल जुलुस प्रदर्शन गरेको छ । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो। शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो ।  कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए

कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित
निकासखबर संवाददाता

सप्तरी। नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान रोकिएको छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो । सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो । मतपत्र च्यातेर दुवै पक्षबीच बिवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको छ।

झापा गोल्डकपको क्वार्टर फाइनलमा सातदोबाटो
निकासखबर संवाददाता

झापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।  जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।  सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको…

उपचारको क्रममा ज्यान गुमाएकी राउत शव दुई दिनपछि परिवारले जिम्मा लिए
निकासखबर संवाददाता

उदयपुर । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । मृतकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् । पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म…

प्रदेश १ को नामकरणका विषयमा एमाले अध्यक्ष ओलीले खेले मुखः कोशी राख्नु पर्छ
निकासखबर संवाददाता

झापा। पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्न सुझाब दिएका छन् । यो प्रदेशमा आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको पानी बग्ने कोशीले सबैलाई समेट्ने र यो नै प्रदेशको पहिचान बन्ने भन्दै उनले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गरेका छन् । उनले किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने तर्क राखेका छन् । शनिबार प्रेस चौतारी नेपाल प्रदेश एकको प्रथम अधिबेशनलाई झापाको बिर्तामोडमा संबोधन गर्दै एकाले अध्यक्ष ओलीले माओवादी केन्द्रले जातीय पहिचानका नाममा साजमा बिग्रह सृजना गरेको पनि…