तनहुँको दमौली आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

निकासखबर संवाददाता

काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

एउटा हार्डवेयर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी, स्थानीयले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

मा प्रकाशित