एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने थापाको चेतावनी

निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने चेतावनी दिएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले शनिबार यस्तो बताएका हुन् ।

उनले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने र एमालेले अवरोध गरीराख्ने हो भने अव संसद विघटन भएर देश अर्ली ईलेक्सनमा जाने बताए । कम्युनिस्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउँदै उनले कम्युनिस्टहरू असफल भएकै कारण कांग्रेसको हातमा सत्ता आएको बताएका थिए ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने भन्दै थापाले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी समेत गरे ।

मा प्रकाशित