खबर

इटहरी दुर्घटनामा काका भतिजको मृत्यु
निकासखबर संवाददाता

सुनसरी,२६ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार मोटरसाइकललाई ट्रककले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र उनका भतिज आठ वर्षीय अभि दाहाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे…

अर्थमन्त्रीमा पुन परराष्ट्रमन्त्रीमा श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं, फागुन २३ । नेकपा एमाले(माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । जसमा माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुने भएका छन् ।  

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम
निकासखबर संवाददाता

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । रास्वपाले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पनि टुंगो लगाइसकेको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन् ।

धादिङ बस दुर्घटना: सात जनाको मृत्यु, ३० जना घाइते
निकासखबर संवाददाता

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा आज भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित दुर्घटना भएको हो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस सडकबाट त्रिशूली नदीमा खसेको थियो । मृतकको सनाखत हुन बाँकी छ । त्यस्तै घटनामा अन्य ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमडौं पठाइएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस
निकासखबर संवाददाता

सुर्खेत, २२ फागुन । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् । अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।