रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

निकासखबर संवाददाता

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । रास्वपाले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पनि टुंगो लगाइसकेको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन् ।

मा प्रकाशित