धादिङ बस दुर्घटना: सात जनाको मृत्यु, ३० जना घाइते

निकासखबर संवाददाता

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा आज भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित दुर्घटना भएको हो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

मृतकको सनाखत हुन बाँकी छ । त्यस्तै घटनामा अन्य ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमडौं पठाइएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मा प्रकाशित