खबर

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त
निकासखबर संवाददाता

धनगढी, २२ फागुन । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि प्रदेशमा पनि त्यसको प्रत्यक्ष असर देखिएका छन् । प्रदेशमा माओवादीबाट मन्त्री बनेकाहरुलाई भटाभट बर्खास्त गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट…

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त
निकासखबर संवाददाता

कास्की, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई दुई जना मन्त्री हटाएको पत्र पठाएका थिए । मन्त्रिपरिषद् हेरफेर भएको पत्र आएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रमिला गौतमले जानकारी दिइन्। माओवादी, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । अहिले केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी…

सरकारमा जान जनमतले अघि सार्‍यो मुख्यमन्त्रीको शर्त
निकासखबर संवाददाता

काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले आफ्नो शर्त राखेको छ । जनमतले मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेका थिए । सो लगत्तै जनमत पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय पाउनुपर्ने र मधेश प्रदेशको मुख्यमन्त्री पनि पाउनेपर्ने अडान लिएको छ ।  

सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला
निकासखबर संवाददाता

विराटनगर, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ मा उनी मृत फेला परेका हुन् । उनी समेही गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख थिए । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।  

निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । उनले पटक–पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको समेत बताएका छन् । सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताए । उनले भने, ‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरी जस्तो होइन, गडगडाएर बग्ने नदी जस्तो हो। माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’ दाहालले…