काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले आफ्नो शर्त राखेको छ । जनमतले मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेका थिए ।
सो लगत्तै जनमत पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय पाउनुपर्ने र मधेश प्रदेशको मुख्यमन्त्री पनि पाउनेपर्ने अडान लिएको छ ।