सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला

निकासखबर संवाददाता

विराटनगर, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ मा उनी मृत फेला परेका हुन् । उनी समेही गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख थिए ।

कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

 

मा प्रकाशित