शेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार सुचक, १९१ कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौ, २६ भदौ २०८० ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से आज १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ ५७ बिन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको सेयर मूल्यमा कमी आउँदा ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर भाउ स्थिर रहेको छ । आज शुभम पावरको सेयर मुल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावर लिमिटेडको शेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । आज…

४४ अंकले बढ्यो सेयर बजार, २१२ कम्पनीको सेयर मूल्य बढ्दा ११ को घट्यो
काठमाडौं, १५ भदौ २०८० ।

सोमबार सेयर बजार सुचक  (नेप्से) ४४ अंकले बढेको छ । आज नेप्से सुचक ४४.३०अंकले बढेर १ हजार ९ सय ८६.९९ बिन्दुमा बन्द भएको हो । यसअघि आइतबार नेप्से सुचक १० अंकले बढेको थियो । आज २७८ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपैयाँको कारोबार भएको छ । सोमबार बैंकिङ २४, विकास बैंक ८६, फाइनान्स ६०, होटल तथा पर्यटन १८६, जलविद्युत ५८, जीवन बीमा ३०४, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा २९७, अन्य १९ र व्यापार उपसमूह १०७ अंक बढेका छन् । आज थ्रिस्टार हाइड्रोपावरको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।…

सूर्योदय वोमी लघुवित्तले पौने ४७ लाख रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्ने
काठमाडौं, २५ भदौ २०८० ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले ४६ लाख ७३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम अर्ब माथि
काठमाडौं, २४भदौ २०८० ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १०.२३ अंकले बढेर १ हजार ९ सय ४२.६८ विन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सुर्योदय वोमी लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सुभम पावरको सेयर मुल्य ९।९९ प्रतिशत, ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक कारोबार भएको हिमाल दोलखा हाइड्रोपावर शेयरमूल्य सबैभन्दा धेरै प्रतिशत अर्थात ७.८१ प्रतिशतले घटेको छ । आज यस कम्पनीको…

अब कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने
काठमाडौ, १९ भदौ २०८० ।

प्राइभेट कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन् । मंगलबार धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डले दुई वर्षको कारोबार रेकर्ड भएका प्राइभेट कम्पनी पब्लिक हुनासाथ आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको हो । ‘साबिकमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीको हकमा पब्लिक लिमिटेड कम्पनीको रूपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्नेछैन’ संशोधित नियमावलीमा उल्लेख छ । यसअघि पब्लिकमा रूपान्तरण भएको एक आर्थिक वर्षपछि मात्रै आईपीओ प्रक्रियामा जान पाउने व्यवस्था थियो । त्यस्तै धितोपत्र बोर्डले व्यवसाय…