नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम अर्ब माथि

काठमाडौं, २४भदौ २०८० ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १०.२३ अंकले बढेर १ हजार ९ सय ४२.६८ विन्दुमा बन्द भएको हो ।

आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सुर्योदय वोमी लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सुभम पावरको सेयर मुल्य ९।९९ प्रतिशत, ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै सर्वाधिक कारोबार भएको हिमाल दोलखा हाइड्रोपावर शेयरमूल्य सबैभन्दा धेरै प्रतिशत अर्थात ७.८१ प्रतिशतले घटेको छ । आज यस कम्पनीको ८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

 

मा प्रकाशित