जगदम्बा स्टिल्सले ६ अर्ब २ करोडको आईपीओ निष्काशन गर्ने

निकासखबर संवाददाता

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ३०० रुपैंयामा सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

मा प्रकाशित