दोहोरो अंकले घट्यो नेप्से सुचक, कारोबारमा पनि कमी

निकासखबर संवाददाता

साताको दोस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । आइतबार ३६ अंकले घटेको नेप्से सुचक सोमबार १२।५८ अंकले घटेर १ हजार ९ सय ८।६६ विन्दु कायम भएको छ ।

आज सुचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार बजारमा १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

त्यसैगरी सोमबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्यमा गिरावट र १० वटाको सेयर मूल्य स्थिर छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित