२० अंकले घट्यो सेयर बजार

५ पुस, २०८० ।

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । बुधबार ५ अंकले बढेको नेप्से आज २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० को बिन्दुमा बजार बन्द भएको हो ।आज २३ कम्पनीको सेयर भाउ बढेको छ भने २१० को घटेको र ४ कम्पनीको सेयर मुल्य स्थिर छ । जसमध्ये दुई कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसदिनको कारोबारमा भगवति हाइड्रो पावर र मिड शोलुको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने हाथवे इनभेष्टमेन्टको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।त्यस्तै २९२ कम्पनीको सेयर कारोबार हुँदा १ अर्ब ७० करोड रुपैयाँको आज सेयर किनबेच भएको छ ।

मा प्रकाशित