सर्वोत्तम सिमेन्टको आईपीओ खुला

निकासखबर संवाददाता

काठमाडौ, १३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेको छ । आजबाट सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको यस कम्पनीको आईपीओका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला गरिनेछ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यसमा आवेदन दिन सक्नेछन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

 

मा प्रकाशित