सेयर बजारमा उत्साह, ४४ अंकले बजार बढ्दा सबा ३ अर्बको कारोबार

काठमाडौं, ४ असोज २०८० ।

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४४.३४ अंकले बढेर २ हजार २९.७८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबारमा आएका २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता खरिदा बिक्रीबाट ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख, तथा शिवम सिमेन्टको १० करोड ५२ लाखको कारोबार भएको छ ।

मा प्रकाशित