साताको तेस्रो दिन पनि घट्यो नेप्से, परिसुचक १९ सयभन्दा तल

निकासखबर संवाददाता

साताको तेस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । पहिलो दिन आइतबार ३६ अंकले घटेको नेप्से सोमबार साढे १२ अंक र आज मंगलबार १९.०६ अंकले घटेर १ हजार ८ सय ८९.५९ को बिन्दुमा आइपुगेको छ ।

आज १९३ कम्पनीको सेयर मुल्य घटेको छ भने ३१ को बढेको छ र ९ कम्पनी सेयर मुल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको तेस्रो कारोबार दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ ।

आज २८२ कम्पनीको १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ ३२ पैसाको सेयर कारोबार भएको थियो । सोमबार बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

मा प्रकाशित