सेयर बजार दोहोरो अंकले बढ्यो, हाइड्रोमा लगानीकर्ताको आकर्षण

काठमाडौं, २ असोज २०८० ।

मंगलबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १६.२४ अंकको वृद्धिपछि नेप्से १९८५.४३ अंकमा कायम भएको छ । कारोबार रकम भने १ अर्ब १७ करोड ६६ लाख ८० हजार पुगेको छ । यसअघि सोमबार ८७ करोड ४ लाख र आइतबार २ अर्ब २ करोडको कारोबार भएको थियो ।

कुल १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने १० कम्पनीको स्थिर रहृयो । आज शुभम पावरको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै थ्रीस्टार हाइड्रो, मेन्छियम हाइड्रो, बलेफी हाइड्रो, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । इमर्जिङ्ग नेपालको शेयर मुल्य सर्वाधिक ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ओरियन्टल होटल, एनआईसी एसिया बैंक, माछापुच्छे बैंक र शिवम शिमेन्ट क्रमशः अगाडि रहे ।

मा प्रकाशित