शेयर बजार

नेप्से परिसूचकमा १६ अङ्कको ओरालो
निकासखबर संवाददाता

काठमाडौँ, ३ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा रोकिएको हो । आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै घट्नेमा गुराँस लघुवित्त वित्तीय…

सर्वोत्तम सिमेन्टको आईपीओ खुला
निकासखबर संवाददाता

काठमाडौ, १३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेको छ । आजबाट सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको यस कम्पनीको आईपीओका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला गरिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण…

२० अंकले घट्यो सेयर बजार
५ पुस, २०८० ।

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । बुधबार ५ अंकले बढेको नेप्से आज २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० को बिन्दुमा बजार बन्द भएको हो ।आज २३ कम्पनीको सेयर भाउ बढेको छ भने २१० को घटेको र ४ कम्पनीको सेयर मुल्य स्थिर छ । जसमध्ये दुई कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिनको कारोबारमा भगवति हाइड्रो पावर र मिड शोलुको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने हाथवे इनभेष्टमेन्टको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।त्यस्तै २९२ कम्पनीको सेयर कारोबार हुँदा १ अर्ब ७० करोड रुपैयाँको आज सेयर किनबेच भएको छ ।…

जगदम्बा स्टिल्सले ६ अर्ब २ करोडको आईपीओ निष्काशन गर्ने
निकासखबर संवाददाता

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ३०० रुपैंयामा सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । Facebook Notice for EU! You need to login to view and post FB Comments!

साताको तेस्रो दिन पनि घट्यो नेप्से, परिसुचक १९ सयभन्दा तल
निकासखबर संवाददाता

साताको तेस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । पहिलो दिन आइतबार ३६ अंकले घटेको नेप्से सोमबार साढे १२ अंक र आज मंगलबार १९.०६ अंकले घटेर १ हजार ८ सय ८९.५९ को बिन्दुमा आइपुगेको छ । आज १९३ कम्पनीको सेयर मुल्य घटेको छ भने ३१ को बढेको छ र ९ कम्पनी सेयर मुल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको तेस्रो कारोबार दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । आज २८२ कम्पनीको १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ ३२ पैसाको सेयर कारोबार भएको थियो । सोमबार बजारमा १ अर्ब…