शेयर बजार

दाेहाेराे अंकले बढ्यो सेयर बजार
निकासखबर संवाददाता

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १७.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९ सय ६ अंकमा पुगेको छ । कुल १ अर्ब ३८ करोडको कारोबार भयो । १६७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रहृयो । समग्र बजार बढ्दा पनि अधिकांश लघुवित्त कम्पनीहरुको मूल्य घट्यो ।  बैंकिङ ३, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४७, जलविद्युत् ४३, जीवन बीमा १९४, उत्पादन ९९, निर्जीवन बीमा १२६, अन्य १४ र ब्यापार उपसमूह २६ अंक बढे । माइक्रोफाइनान्स उपसमूह भने १७ अंक घट्यो । सुपर मादी, एसियन हाइड्रो र कालिन्चोक दर्शनको मूल्य १०…

सिटि होटल १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्दै
निकासखबर संवाददाता

काठमाडौं । सिटि होटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो । होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको…

नेप्से परिसूचक २६.८५ अंकले गिरावट
निकासखबर संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ। पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंकले घटेको छ। आइबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीबारको तुलनामा आज नेप्से कारोबार रकमसमेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो। नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ।…

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब बढी
निकासखबर संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत छ भने बजेट खर्च ४३.४४ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख…

बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौँः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।” उनले भने “अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ। म…