काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १७.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९ सय ६ अंकमा पुगेको छ । कुल १ अर्ब ३८ करोडको कारोबार भयो ।
१६७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रहृयो । समग्र बजार बढ्दा पनि अधिकांश लघुवित्त कम्पनीहरुको मूल्य घट्यो । बैंकिङ ३, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४७, जलविद्युत् ४३, जीवन बीमा १९४, उत्पादन ९९, निर्जीवन बीमा १२६, अन्य १४ र ब्यापार उपसमूह २६ अंक बढे । माइक्रोफाइनान्स उपसमूह भने १७ अंक घट्यो ।
सुपर मादी, एसियन हाइड्रो र कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । अजोड इन्स्योरेन्सको ८.३, लक्ष्मी लघुवित्तको ५.५, अपर सोलुको ५.२, ग्रीन डेभलपमेन्ट बैंकको ४.८, युनाइनेट मोदीको ४.८, बेस्ट फाइनान्सको ४.७ र तेह्रथुम पावरको मूल्य ४.५ प्रतिशत बढ्यो ।
नेसनल माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घट्यो । जल्पा सामुदायिकको ८.३ र जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ६.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, नबिल बैंक, एनआईसी एसिया बैंक र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहे ।