शेयर बजार

दोहोरो अंकले घट्यो नेप्से सुचक
काठमाडौं, ७ भदौ २०८० ।

साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.५२ अंकले घटेर २ हजार १३.९३ विन्दुमा बन्द भएको हो । बिहीबार २७५ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ५५ करोड ५ लाख बराबरको सेयर किनबेच भएको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । त्यस्तै मैलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने प्रतिशतका आधारमा सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै कारोबारका आधारमा सोल्टी…

भिजन लुम्बिनीलाई आईपीओ निष्काशनको अनुमति
काठमाडौं, ७ भदौ २०८० ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ ५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल  रहेको छ । कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाटको सेति नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सर्वसाधारणका लागि भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला
निकासखबर संवाददाता

काठमाडौं, ५ भदाै, २०८० । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिनको लागि छिटोमा भदौ ८ गतेसम्मको…

नेप्से सामान्य उकालाे लाग्दा कारोबार रकम ओरालाे
निकासखबर संवाददाता

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।   नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको…

शेयर बजार दोस्रो दिन पनि लाग्याे उकालाे
निकासखबर संवाददाता

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको छ । पछिल्लो समय लगातार रुपमा घटिरहेको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको हो । सोमबार पनि शेयर बजार परिसूचक १७ दशमलव ७० अंकले बढेको थियो । मंगलबार शेयर बजार परिसूचक १२ दशमलव १० अंकले बढेर १९१८ दशमलव १० विन्दुमा पुगेको छ । मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेचबाट १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ । सोमबार १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार…