भिजन लुम्बिनीलाई आईपीओ निष्काशनको अनुमति

काठमाडौं, ७ भदौ २०८० ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ ५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल  रहेको छ । कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाटको सेति नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

मा प्रकाशित