शेयर बजार दोस्रो दिन पनि लाग्याे उकालाे

निकासखबर संवाददाता

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको छ । पछिल्लो समय लगातार रुपमा घटिरहेको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको हो ।

सोमबार पनि शेयर बजार परिसूचक १७ दशमलव ७० अंकले बढेको थियो । मंगलबार शेयर बजार परिसूचक १२ दशमलव १० अंकले बढेर १९१८ दशमलव १० विन्दुमा पुगेको छ । मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेचबाट १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ । सोमबार १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै मंगलबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमवल ४१ अंकले बढेर ३६० दशमवल ४४ विन्दुमा पुगेको छ । आज तीन कम्पनीको शेयर बजारमा सकारात्मक सर्किट लागेको छ ।

मा प्रकाशित