शेयर बजार

डिम्याट नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने
काठमाडौ, १७ भदौ २०८० ।

डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका छन् । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने निर्णय कार्यान्वयनमा लगेसँगै लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका हुन् । सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको २०८० भाद्र १५ गते देखि मेरो शेयर समेत रोक्का राख्ने यसअघि नै जानकारी दिएको थियो । मेरो शेयर रोक्का भएसंगै अब लगानीकर्ताले आईपीओ वा हकप्रदमा आवेदन दिन डिम्याट खाता पनि अनिवार्य नविकरण गर्नु पर्नेछ । यसअघि दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले डिम्याट खाता नविकरण नगरि मेरो शेयर मात्रै नविकरण गर्दै आएका थिए । त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको…

सन नेपाल लाइफको आईपीओ बाँडफाँट
निकासखबर संवाददाता

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २३९ रुपैयाँमा साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथामा सहभागी गराएर…

सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ भदौ २१ देखि खुल्दै, ५० रुपैयाँ प्रतिकित्ता भर्न पाइने
काठमाडौं, ११ भदौ २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०५ अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा गर्ने भएको हो । जसमध्ये कम्पनीले ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट समेत गरिसकेको छ । बाँकी २४ लाख २७ हजार…

भदौ १९ देखि आइपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा
काठमाडौं, १० भदौ २०८० ।

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा भदौ १९ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्काशन गर्न लागेको हो ।…

सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं, १० भदौ २०८० ।

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इच्छुक आवेदकले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीको सेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम…