डिम्याट नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने

काठमाडौ, १७ भदौ २०८० ।

डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका छन् । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने निर्णय कार्यान्वयनमा लगेसँगै लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका हुन् ।

सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको २०८० भाद्र १५ गते देखि मेरो शेयर समेत रोक्का राख्ने यसअघि नै जानकारी दिएको थियो । मेरो शेयर रोक्का भएसंगै अब लगानीकर्ताले आईपीओ वा हकप्रदमा आवेदन दिन डिम्याट खाता पनि अनिवार्य नविकरण गर्नु पर्नेछ । यसअघि दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले डिम्याट खाता नविकरण नगरि मेरो शेयर मात्रै नविकरण गर्दै आएका थिए ।

त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरेका लगानीकर्ताको मेरोशेयर पनि रोक्का राखेको हो । मेरोशेयर रोक्का भएसँगै आईपीओमा आवेदन समेत दिन नपाउने भएकोले अब बाध्य भएर लगानीकर्ताले डिम्याट पनि नवीकरण गर्ने सिडीएसको अपेक्षा छ ।

मा प्रकाशित