दोहोरो अंकले घट्यो नेप्से सुचक

काठमाडौं, ७ भदौ २०८० ।

साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.५२ अंकले घटेर २ हजार १३.९३ विन्दुमा बन्द भएको हो ।

बिहीबार २७५ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ५५ करोड ५ लाख बराबरको सेयर किनबेच भएको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ ।

त्यस्तै मैलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने प्रतिशतका आधारमा सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै कारोबारका आधारमा सोल्टी होटल लिमिटेड अगाडि रहेको छ । कम्पनीको आज ७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

मा प्रकाशित