दोहोरो अंकले घट्यो सेयर बजार सुचक, १९१ कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौ, २६ भदौ २०८० ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से आज १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ ५७ बिन्दुमा बन्द भएको हो ।

आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको सेयर मूल्यमा कमी आउँदा ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर भाउ स्थिर रहेको छ ।

आज शुभम पावरको सेयर मुल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावर लिमिटेडको शेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताको सेयर भाउ भने उच्च अंकले घटेको छ । यसको सेयर मूल्य आज १० प्रतिशतले गिरावट आएको हो ।

त्यस्तै सर्वाधिक कारोबार हुनेमा एसबिआई बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ५६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै शिभम् सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

मा प्रकाशित