४४ अंकले बढ्यो सेयर बजार, २१२ कम्पनीको सेयर मूल्य बढ्दा ११ को घट्यो

काठमाडौं, १५ भदौ २०८० ।

सोमबार सेयर बजार सुचक  (नेप्से) ४४ अंकले बढेको छ । आज नेप्से सुचक ४४.३०अंकले बढेर १ हजार ९ सय ८६.९९ बिन्दुमा बन्द भएको हो । यसअघि आइतबार नेप्से सुचक १० अंकले बढेको थियो ।

आज २७८ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपैयाँको कारोबार भएको छ ।

सोमबार बैंकिङ २४, विकास बैंक ८६, फाइनान्स ६०, होटल तथा पर्यटन १८६, जलविद्युत ५८, जीवन बीमा ३०४, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा २९७, अन्य १९ र व्यापार उपसमूह १०७ अंक बढेका छन् ।

आज थ्रिस्टार हाइड्रोपावरको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशत, मैलुङ खोला हाइड्रोपावरको ९.८७ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका ९.८५ र प्रोग्रेसिभ फाइनान्सको सेयर मुल्य ८.६५ प्रपतिशतले बढेको छ ।

त्यस्तै सर्वाधिक कारोबार हुनेमा साल्ट टेड्रिङ्ग कर्पोरेशन रहेको छ । कम्पनीको ६ करोड २५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

कुल २१२ कम्पनीको सेयर मूल्य बढ्दा ११ को घट्यो भने ५ कम्पनीको सेयर भाउ स्थिर रहेको छ ।

मा प्रकाशित