नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा
चन्दा कार्की

चितवन, ५ भदाै, २०८० । नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा आएको छ । सोमबार राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । इच्छाकामना- ६, चितवनस्थित टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अबरुद्ध भएको थियो । पहिरो पन्छाएर १ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका यातायात गन्तव्य तर्फ लाग्न शुरु गरेका छन् । कालिखोला नजिक पहिरोले सिङै डाडाँ नै सडकमा खस्दा झण्डै ५० मिटर सडक पुरिएको थियो । पहिरोका कारण गन्तव्यमा हिँडेका सयौं सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र…

सर्वसाधारणका लागि भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ५ भदाै, २०८० । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिनको लागि छिटोमा भदौ ८ गतेसम्मको…

सिआईबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना सम्बन्धमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सीआईबीले अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको हो । ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला न्यायाधिवक्ता महेश खत्रीले बताए । प्रतिवेदन अनुसार २०४९ देखि २०७९ सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २…

जनक ताम्राकारकाे नयाँ गीत ‘पियार’ सार्वजानीक
आर्थिक परिवेश संवाददाता

काठमाडौं । गायक तथा सञ्चारकर्मी जनक ताम्राकार र गायिका निखिता थापाको युगाल गायनमा रहेको ‘पियार’ बोलको गीतको अफिसिएल म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो। प्रेमिल शैलीको यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा युवतीको सुन्दरता र प्रेमको बयान गरिएको छ । म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको मुख्य भूमिका रहेको छ । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्…

उपत्यकाका फार्मेसी अनुगमन, १० फार्मेसी सिल
आर्थिक परिवेश संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार ७७ वटै जिल्लामा औषधि पसल तथा फार्मेसीहरुमा अनुगमन गरेको छ। स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको सहकार्यमा फार्मेसीहरुको अनुगमन तथा निरीक्षण कार्य भएको हो । सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १०१ वटा फार्मेसीमा अनुगमन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २० वटा समूह बनाएर गरिएको अनुगमनका क्रममा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरिएको छ। यस्तै, २ दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था…