धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु
धादिङ, ६ भदौ २०८० ।धादिङको गजुरी गाउँपालिका १, छहराबाट बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । उक्त बस दुर्घटनामा ६ जना पुरुष र दुई महिलाको मृत्यु भएको छ । बसमा कति जना यात्रु सवार थिए भन्ने हालसम्म खुलेको छैन । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ, भदौ १५ देखि भर्न पाइने
काठमाडौं, ६ भदौ २०८० ।सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा एनआईएमबि एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले…
धादिङको छहरा नजिकै यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो
धादिङ, ६ भदौ २०८० ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकाको छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बिहान सबा ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधी दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, ६ भदौ २०८० ।प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गरिने निर्णय सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दुई दशकभन्दा बढी समय सांगीतिक क्षेत्रमा खर्चेका उनले सयौं जनवादी गीत गाएका छन् । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको थियो ।
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
काठमाडौं, ६ भदौ २०८० ।मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्डले नेपालीे प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन त्यसतर्फ जाने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । प्रधानमन्त्री प्रचण्ड सहितको टोली आगामी भदौ ३० गते न्यूयोर्क प्रस्थान गर्नेछ ।

